arrow

रुखबाट खसेर खत्रीकाे घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
Myagdi_District.png

पोखरा । म्याग्दीमा आइतबार साँझ रुखबाट खसेर एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा धवलागिरि गाउँपालिका-७, ताकमका ६० वर्षीय थमन खत्री छन् ।

खत्री घर नजिकैको जंगलमा खनियाँको रुखमा चढेर घाँस काट्ने क्रममा खसेका थिए । खत्रीलाई स्थानीयले मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनीमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ