नागरिक लगानी कोषको ३५ औँ वार्षिकोत्सवमा प्रभातफेरी सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
533
Shares
काठमाडौँ। नागरिक लगानी कोषले ३५ औँ वार्षिकोत्सवको अवसरमा शनिवार प्रभात फेरी कार्यक्रम आयोजना गरेको छ। कोषले चैत ४ गते ३५ औँ वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ। प्रभात फेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाएका थिए।
कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा आएर सम्पन्न भएको हो। वार्षिकोत्सवको अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ।