arrow

रमाइलो हेर्न आएका युवाबीच झगडा, १७ वर्षे किशोरको हत्या, पाँच पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
kalikot-district.png

कालीकोट । कालीकोटमा बुधबार राति १७ वर्षीय एक किशोरको हत्या भएको छ । खाँडाचक्र नगरपालिका-१० चौकीमा तिलागुफा नगरपालिका-७ छाप्रेका राजेश शाहीको हत्या भएको हो ।

एक घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाबीच झगडा खुकुरी प्रहार हुँदा शाही गम्भीर घाइते भएका थिए ।

सो घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका सबै १८ वर्ष मुनिका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले घटनामा संलग्नलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ