arrow

माछापुच्छ्रेले चैत ७ गतेसम्म थप्यो एक अर्ब २० करोडको एमबीएल इक्विटी फण्ड बिक्री समय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
machhapuchhre-logo.jpg

काठमाडौँ । माछापुच्छ्रे क्यापिटलले एमबीएल इक्विटी फण्ड निष्काशन तथा बिक्री खुलाको समय थप गरेको छ । क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने एक अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजना बिक्री खुला गरेको हो ।

उक्त इक्किटी फण्डको अवधि १२ वर्ष तोकिएको छ । क्यापिटलले यसअघि फागुन २६ गतेसम्मको आवेदन दिने समय तोकेकामा उक्त समयलाई लम्ब्याएर चैत ७ गतेसम्म पुर्याएको हो ।  

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई छुट्याएको छ ।

उक्त फण्डमा १०० इकाईदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर माफर्त लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ