माछापुच्छ्रेले ल्यायो एक अर्ब २० करोडको एमबीएल इक्विटी फण्ड बिक्रीमा, अवधि १२ वर्ष
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
338
Shares
तस्बिर – फाइल ।
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले एमबीएल इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने एक अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजना बिक्री खुला गरेको हो ।
उक्त इक्किटी फण्डको अवधि १२ वर्ष तोकिएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई बिक्री गरेको हो ।
जसमध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई छुट्याएको छ ।
उक्त फण्डमा १०० इकाईदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्डको इकाईमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने पनि क्यापिटलले जनाएको छ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन समय लम्बिने पनि क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर माफर्त लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन् ।