arrow

केएमसीको स्वास्थ्य टोली सुनथानमा, साढे पाँच सय बिरामीको निःशुल्क परीक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
kmc-81-11-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको सुनथानमा  निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

सहयात्रा देवीस्थान बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा सहकारीको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ५ सय ६८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ७८ जनाको भिडियो रेक्सरे, ८६ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै ७४ जनाको ईसीजी गरिएको थियो । 

१८ जनाको दाँत निकालिएको थियो भने २६ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ