arrow

हाँडेको भिरबाट लडेर भण्डारीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
Bajura-hamrakura.jpg.jpeg

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्वामीकार्तिक खापर –२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार आइतबार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममानदी नजिकै रहेको हाँडेको भिरबाट लडेर मृत्यु भएको बताए । 

स्थानीयले भण्डारी भिरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुग्दा मृत्यु भइसकेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए । 

शव निकाल्नका लागि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ