काठमाडौँ विमानस्थल क्षेत्रमा राजावादीहरू पूर्वराजालाई स्वागत गर्न आतुर, विमानस्थल पुगे लिङ्देन र थापा [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
790
Shares
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पुगेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा विमानस्थलमै पुगेका छन् ।
राजावादीहरुले शक्ति प्रदर्शन गर्ने भएकाले हजारौँको संख्यामा सडकमा देखिएका छन् । पूर्वराजालाई विमानस्थलबाट गौशाला, चाबहिल, महाराजगञ्ज हुँदै निर्मल निवास लगिने भएको छ ।
उनी ३ बजे काठमाडौँ आइपुग्ने भनिए पनि एक घण्टा ढिला गरीमात्र आउने भएका छन् । उनी परिवारसहित मौसममा आएको खराबीका कारण एक घण्टा ढिला गरी काठमाडौँ उडेका हुन् ।
गत माघ २७ गते पोखरा गएका पूर्वराजा आज काठमाडौँ फर्किएका हुन् । उनी परिवारसहित समिट एयरको चार्टर्ड विमानमार्फत फर्किएका हुन् ।
विमानस्थल स्रोतका अनुसार उनी ३ः३० तिरमात्र काठमाडौँ उडेका हुन् ।
पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले सामान्य शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपाका अरुण गिरीका अनुसार, कार्यक्रममा पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको हो ।