arrow

पाल्पा डढेलो:

संसारकोट डाँडाबाट फैलिएको आगो अझै निभेन, चार सामुदायिक वनमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
palpa-dadhelo.jpg

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । 

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ