arrow

कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
deepak-khadka-nepali-congress.jpg

तनहुँ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।

डुम्रे सांस्कृतिक महोत्सव उद्घाटनका क्रममा सञ्चारकर्मीको प्रश्नमा उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको स्पष्ट पारे ।

सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्ने भन्दै मन्त्री खड्काले एउटा कर्मचारीलाई हटाउन सरकारले चलखेल गरिरहन नपर्ने बताए ।

उनले मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे ।

नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क दिइएको प्रसंगमा मन्त्री खड्काले स्पष्टिकरण दिए ।

उनले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो, समयमै कार्यसम्पादन नबुझाएकाले अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ