पूर्वअधिराजकुमारी प्रेरणाको १५ रोपनी जग्गा नेपाल ट्रस्टलाई
सर्वोच्चले आफ्नै निर्णय उल्ट्यायो
प्रकाशित २०७३ पुष २१ बिहिबार
1.3k
Shares
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दाइजोस्वरूप दिइएको काठमाडौँ छाउनीमा रहेको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्ट्रको नाममा हुने फैसला गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपक कार्की तथा सपना मल्ल प्रधानको इजलासले आज प्रेरणा शाहको नाममा रहेको उक्त सम्पत्ति नेपाल ट्रस्टकै नाममा गर्ने फैसला गरेको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
राजतन्त्र हटेपछि सरकारले राजा र राजपरिवारको सदस्यको नाममा रहेको सम्पूर्ण सम्पत्तिलाई नेपाल ट्रस्टको नाममा गर्ने निर्णय गरेको थियो । उक्त जग्गा आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दोइजोस्वरुप दिएको भन्दै प्रेरणाको तर्फबात सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।
सर्वोच्च अदालले यसअघि प्रेरणाको नाममा सो जग्गाको फैसला गरेको थियो । पछि नेपाल ट्रस्टले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन हाल्यो । सोही निवेदनमा सुनुवाइ गर्दै विहिबार सर्वोच्चले यसअघिको फैसला उल्टाएर पुनः ट्रस्टकै हुने फैसला गरेको हो । रासस