arrow

तीव्र गतिको गाडीले मार्‍यो वन्यजन्तु, चालक फरार

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८१ फागुन १८ आइतबार
accident-81-11-18.jpg

रौतहट । तीव्र गतिमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा गुडेको गाडीको ठक्करबाट एउटा निलगाई मरेको छ ।

लालबन्दी नगरपालिका–९ स्थित डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ३७४९ नम्वरको कारमा ठोक्किँदा निलगाई मरेको हो ।

 निलगाईसँग ठोक्किँदा कारको अगाडिपट्टीको भाग कुच्चिएको प्रहरीले जनाएको  छ ।

आज बिहान ९ बजेतिर भएको दुर्घटनापछि कार चालक सम्पर्कविहीन भएका छन् । कारको ठक्करबाट मरेको निलगाई र दुर्घटनामा परेको कार डिभिजन वन कार्यालयमा ल्याएर राखिएको कार्यालयका वन अधिकृत सागर बस्यालले जानकारी दिए ।

वयस्क हुने क्रममा रहेको निलगाई कारको ठक्करबाट घटनास्थलमै मरेको बस्यालले बताए । 

कारका चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही चलाइने डिभिजन वन कार्यालयका वन अधिकृत बस्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ