arrow

केएमसीको स्वास्थ्य टोली पनौतीमा, साढे सात सय बिरामीको निःशुल्क परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
kmc-81-11-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पनौतीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारीको प्राङ्गण नमोबुद्धरोडमा भएको स्वास्थ्य शिविरमा ७ सय ५७ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ७८ जनाको भिडियो रेक्सरे, ९५ जनाको ल्याब परीक्षण, ५६ जनाको ईसीजी गरिएको थियो । 

२६ जनाको दाँत निकालिएको थियो भने ३६ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ