arrow

यी हुन् एमाले सचिवालय बैठकका निर्णयहरू [भिडियो]

विदेश भ्रमण जानु पूर्व पार्टीसँग अनुमति लिनुपर्ने, सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
uml-sachibalaya-11-18.jpg

काठमाडौँ । नेकपा एमालेले जन वर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारीको सङ्ख्यालाई घटाएर ९ जनामा सीमित गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले जन वर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारीको सङ्ख्या घटाएर ९ मा सीमित गर्ने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णय सुनाउँदै पार्टीका महासचिव शङ्कर पोखरेलले अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरूलाई जिम्मेवारी दिने गरी (प्रचार, विदेश मामिला र सङ्गठन हेर्ने गरी र आर्थिक जिम्मेवारी हेर्ने गरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने बताए । 

अब जनसङ्गठनहरू केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहने पनि निर्णय गरेको छ । स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताए । नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरू पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरू र दलका नेताहरू र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरू रहेको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ । 

उनले भने, ‘अहिलेसम्म केन्द्रीय पदाधिकारीको सङ्ख्या १७ रहेकोमा पदाधिकारीको सङ्ख्यालाई ९ मा सीमित गर्ने । त्यसमा अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना । महासचिव एक जना, उपमहासचिव १ जना, सचिवहरू परिहसित कामको जिम्मा दिने गरी प्रचार, विदेश मामिला र सङ्गठन हेर्ने गरी र आर्थिक जिम्मेवारी हेर्ने गरी कोषाध्यक्षको व्यवस्था गर्ने गरी ९ जना पदाधिकारी रहने । सङ्गठनको डायर दुई भन्दा बढी रहेकोमा दुई वटामा सीमित गर्ने । केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहने गरी नियमावलीमा व्यवस्था गर्ने प्रस्ताव स्वीकृत भएको छ । स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको छ । नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरू पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने । चैत्र महिनाभित्र गरिसक्नेछौँ । प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरू र दलका नेताहरू र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरू रहेको संयुक्त भेला आयोजना गर्ने । विदेश भ्रमण जानु पूर्व पार्टीसँग अनुमति लिनुपर्ने । कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो भन्ने स्पष्ट जानकारी हुनुपर्ने । भ्रमणपछि व्यवस्थित रिपोर्ट प्रस्तुत गर्नुपर्ने । पार्टी स्थापनाको ७६ औँ वर्षलाई कम्युनिष्ट योद्धा सम्मान गर्ने प्रयोजनका लागि प्रत्येक प्रदेशबाट एक÷एक जना कम्युनिष्ट योद्धाहरू पहिचान गरी सिफारिस गर्ने । पार्टी स्थापनाको दिन सम्मान गर्ने ।’

पोखरेलले ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरिकन समस्यालाई समाधान गर्ने बताए। केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि सहज वातावरण बनाउने बारेमा सरोकारवाला समूहहरुसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको बताए । 

उनले भने, ‘ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरिकन समस्यालाई समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि सहज वातावरण बनाउने बारेमा सरोकारवाला समूहहरुसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको छ । त्यही प्रकारको भुमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने । विवाद अन्त्य गरी सहज वातावरण बनाउने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ