arrow

लामिनार टाइल्सद्धारा ‘सेन्टो’– नेपालकै पहिलो फुल–बडी टाइल सङ्ग्रह सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
cg-cento-2025.jpg

काठमाडौँ। नेपालकै पहिलो र एक मात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले अर्को कीर्तिमान कायम गर्दै देशकै पहिलो र एक मात्र फुल–बडी टाइल "सेन्टो" सङ्ग्रहलाई सार्वजनिक गरेको छ। लामिनारले आफ्नो समग्र प्रिमियम सङ्ग्रहलाई विस्तार गर्दै "सेन्टो" नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल सङ्ग्रहलाई बजारमा ल्याएको छ।

फुल–बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतह देखि पुरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रङ्ग र बनावटमा कुनै फरक पर्दैन। लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पीईआई रेटिङ ५ (जसले कुनै पनि टाइल्सको अत्यधिक दिगोपन र मजबुतलाई जनाउँछ) भएका कारण "सेन्टो" टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, शपिङ्ग मल, होटेल, अस्पताल, पार्किङ, सडक पेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन्।

आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटर सम्म मोटाइ भएका "सेन्टो" टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन्:

S.No.

Attributes

CENTO Tile

Granite

1.

Modulus of Rupture (MOR)

50.29 N/mm²

14.75 N/mm²

2.

Breaking Strength

6056 N

1588.0 N

3.

MOH’s Hardness

9

3

4.

Surface Abrasion Resistance

Class 5

Class 2

कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत "सेन्टो"ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ। यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पुलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ।

नेपाली उपभोक्ताहरूको लागि अब घर वा कार्यालयका भर्र्याङका चिप्लिईने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुइलिने, अधिक टिकाउ र दिगोका साथै अत्यधिक पकड सहितको "सेन्टो" टाइल उपलब्ध भएको छ।

"सेन्टो" फुल–बडी सङ्ग्रहलाई नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थियो। आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो सङ्ग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरू का लागि उत्तम विकल्प बनेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ