arrow

शारदाबतासमा बस दुर्घटना : १८ जना घाइते, धुलिखेल अस्पतालमा उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
bus-accident-81-11-13.jpg

काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । 

काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ । 

उक्त बसमा चालक र सह-चालकसहित २४ जना सवार रहेकामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । 

जसमध्ये सात जनाको अवस्था मध्यम रहेको र अरू सबै सामान्य रहेको जनाएको छ । 

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ