काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटनामा, १७ घाइतेमध्ये दुई गम्भीर
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ फागुन १३ मंगलबार
817
Shares
काभ्रेपलाञ्चोक । काठमाडौँबाट रामेछापका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । काभ्रेपलाञ्चोकको बीपी अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर १० सारदा बतासेमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
बिहान साढे ८ बजेतिर दुर्घटनामा परेको बसमा २४ जना यात्रु सवार थिए । उनीहरुमध्ये १७ जना घाइते भएका छन् ।
सबैलाई उपचारका लागि धुलिखेल अस्पतालमा राखिएको छ । घाइतेमध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेको बताइएको छ ।
बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।