arrow

दोलखा पत्रकार महासंघमा १२ दिनदेखि ताला

logo
प्रकाशित २०७३ पुष २० बुधबार
dolkha-union.jpeg
दोलखा । नयाँ सदस्यता वितरणको विवादलाई लिएर दोलखा पत्रकार महासंघमा १२ दिन अघि लागेको ताला अझै खुल्न सकेको छैन् । जिल्लामा क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता दिन महासंघको जिल्ला नेतृत्वले ईन्कार गरेपछि प्रेस युनियन दोलखा शाखाको अगुवाईमा गत पुस ८ गते महासंघको जिल्ला कार्यालयमा तालाबन्दी भएको थियो । 
 
गत असोज देखि नै नयाँ क्रियाशिल पत्रकारहरुलाई सदस्यता दिन माग गरेपनि वेवास्ता गरेका कारण ताला लगाउनु परेको युनियनले जनाएको छ । 
तीन बर्ष यता दोलखा महासंघमा पत्रकारले नयाँ सदस्यता पाउन नसकेको जिल्लाका अग्रज पत्रकार शम्भु गौतमले जानकारी दिए ।  १२ दिन देखिको तालाबन्दी कारण महासंघको दैनिक कामकाज र गतिविधि ठप्प प्राय बनेको छ । यस्तै जिल्ला कार्यालयमा ताला लागेका कारण महासंघको अगुवाईमा जिल्ला प्रशासनमा आउने सेवाग्राहीका निम्ती चलाईएको हेल्प डेस्कको कामकाज समेत प्रभावित बनेको छ । 
 
युनियनले असोज महिनामा नयाँ सदस्यताका लागी आवेदन गरेका पत्रकारले सदस्यता नपाएको र महासंघको जिल्ला नेतृत्वले दोलखामा काम गरिरहेका क्रियाशिल पत्रकारलाई तिन बर्ष यता सदस्यता नदिएर महासंघलाई दलिय स्वार्थमा चलाएको आरोप लगाएको छ । युनियनको जिल्ला शाखाले क्रियाशिल पत्रकारलाई सदस्यता नदिई ताला नखोल्ने अडान लिएको छ । ‘सक्रिय पत्रकारलाई नयाँ सदस्यता दिईने निर्णय नहुञ्जेल ताला खोल्दैनौ’ युनियन जिल्ला अध्यक्ष दीपशंकर चौलागाईले भने – ‘नभए नेपाली पत्रकारको छाता संस्था कब्जा गर्ने विरुद्ध डटेर संघर्ष गरिरहनेछौ’ । 
 
पत्रकार महासंघ केन्द्रिय समितिले तत्काल ताला खुलाउन पहल गरेर जिल्लामा क्रियाशिल पत्रकारहरुको सदस्यता २४ गते भित्र केन्द्र पठाउन पुःन पत्राचार गरेपनि महासंघको जिल्ला नेतृत्वले बेवास्ता गरेको छ । ‘सदस्यता बारे टुङग्याउछु भन्दा भन्दै जर्बजस्ती ताला लगाईयो’ महासंघका जिल्ला अध्यक्ष उद्धव पोखरेलले भने – ‘त्यसैले प्रेस युनियनले ताला लगाउनुको औचित्य पुष्टी गरेर आफैले ताला नखोले सम्म महासंघको तर्फबाट वार्ता सम्वाद गर्न कुनै पनि पहल हुनेछैन’ । 
 
जिल्ला शाखाले सदस्यता नदिएपछि असोज महिनामा शाखामा आवेदन गरेका ११ जना सहित ६८ जना पत्रकारले सदस्यता माग गर्दै केन्द्रिय समितिमा निवेदन दिएका छन् । केन्द्रिय समितिका पदाधिकारी र सदस्यले समेत ताला खुलाउन उचित पहल नगरेको आरोप जिल्लाका सञ्चारकर्मीले लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ