arrow

बाबुरामले भने–राजनीतिक दलबीच कुर्चीकै लागि झगडा

logo
प्रकाशित २०७३ पुष २० बुधबार
baburam-g-nya-news.jpeg

पोखरा । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् । पोखराको लेखनाथमा वुधबारदेखि सुरु भएको “घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक ध्रुवीकरण’’ विषयक कार्यक्रममा भट्टराईले संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्ने बेलामा को कुर्चीमा बस्ने भन्नेमा कुरो मिल्न नसक्दा देशको राजनीति अस्थिर बन्दै गएको बताए ।

भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई त्यसबाट बाहिर निकाल्न नसकिएसम्म देशको विकास अघि बढ्न नसक्ने उल्लेख गर्दै भट्टराईले ठूल्ठूला परियोजनामा तलदेखि माथिसम्म हुने कमिसनको खेलले कहिल्यै पनि समयमै पूरा नहुने गरेको बताए ।

नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आपूmहरुले पत्ता लगाएको जिकिर गर्दै भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू गर्ने अभियानमा नयाँ शक्ति पार्टी लागेको पनि बताए । उनले भने, ‘यो प्रणाली लागू हुनसक्यो भने देशमा शान्ति र स्थायित्व कायम भई भ्रष्टाचारको अन्त्य हुन्छ ।’

पार्टीले मङ्सिरदेखि जेठसम्म घरघरमा नयाँ शक्ति अभियानको कार्यक्रम शुभारम्भ गरेको जानकारी दिँदै भट्टराईले आगामी निर्वाचनमा नयाँ शक्ति पार्टी पहिलो स्थानमा आई सत्ता सम्हाले पाँच वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय दोब्बर बनाउने जिकिर गरे । पुराना राजनीतिक दल रातारात करोडपति बन्न कुदिरहेकाले तिनीहरुबाट देशको आर्थिक समृद्धि हुने कुनै सम्भवना नभएको भट्टराईको जिकिर छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ