माकुनेको आफ्नै व्याख्या : सर्वोच्चको आदेशले मुलुक टुक्र्याउनबाट जोगायो
प्रकाशित २०७३ पुष २० बुधबार
1.4k
Shares
काठमाडौं । एमाले नेता माधव नेपालले पनि सर्वोच्चको निर्णयलाई आफु अनुकुल व्याख्या गर्दै अदालतको आदेशले मुलुक टुक्र्याउनबाट जोगाएको बताएका छन् ।
प्रेस चौतारी नेपालले बुधबार एमालेसहित ९ राजनीतिक दलले पुस २२ गते गर्ने जनप्रदर्शनको सन्दर्भमा गरेको अन्तरसम्वादमामा नेता नेपालले प्रचण्ड सरकारले ल्याएको संविधान संशोधन विधेयकबारे सर्वोच्चले गरेको आदेशले देशलाई टुक्रिनबाट जोगाएको बताएका हुन् ।
नेता नेपालले भने, ‘सर्वोच्चको आदेशले देशलाई ठूलो दुर्घटनाबाट जोगाएको छ । देशलाई टुक्र्याउनबाट जोगाएको छ ।’ नेता नेपालले एमालेले राखेकै अडानलाई अदालतले सदर गरिदिएको भन्दै खुसी प्रकट गरे । उनले भने, ‘संविधान संशोधन असंवैधानिक भएको एमालेको अडानलाई आदेशले पुष्टी गरिदिएको छ ।’
प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डको संशोधन कदम जनभावना विपरीत रहेको भन्दै नेता नेपालले ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव देश टुक्राउने सुरुवातमात्रै भएको आरोप लगाए । नेता नेपालले, ‘संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने नभए थाती राखेर भएपनि चुनावमा केन्द्रित हुन सरकारलाई सुझाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले औचित्य पुष्टी भए एमाले सहयोग गर्ने बताउँदै काँग्रेस सभापति शेरबहादुर देउवालाई झमेलामा नफस्न र प्रचण्डलाई राक्न आग्रह गरे । नेता नेपालले देउवालाई प्रधानमन्त्रीसँग संशोधन विधेयक कसरी आएको हो, भन्नेबारे राम्ररी सोधपुछ गर्न समेत भनेका छन् ।