arrow

अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद गर्न मिल्ने !

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
hamro-patro-concerips.jpg

काठमाडौँ। हाम्रो पात्रो एपबाट सिधै टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो।

प्रयोगकर्ताहरूले अब विभिन्न भुक्तानी माध्यम प्रयोग गरी टिकट खरिद गर्न सक्नेछन्। हाम्रो पे का साथै मोबाइल बैङ्किङ र कनेक्ट आईपीएस को प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिन्छ। यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।

‘हाम्रो पे’का सिइओ शिशिर पोखरेल भन्नुहुन्छ, “अब हाम्रो पात्रो प्लेटफर्ममार्फत विभिन्न कार्यक्रमहरूका टिकट सजिलै खरिद गर्न सकिनेछ, जसले कार्यक्रम आयोजक र दर्शकबीचको दुरी घटाउनेछ। हाम्रो पे का साथै मोबाइल बैङ्किङ र कनेक्ट आईपीएसबाट टिकट खरिद सेवा दिन पाउँदा हामी निक्कै उत्साहित छौँ।”

हाल हाम्रो पात्रोमा पाँचथर, फिदिममा फेब्रुअरी २४ मा आयोजना हुन लागेको “जोन र द लोकल्स - लाइभ कन्सर्ट” को टिकट उपलब्ध छ। फिदिम माबीको खेलमैदानमा हुन लागेको यस कन्सर्टमा, देश तथा विदेशमा आफ्नो प्रस्तुतिले चर्चा कमाएको जोन एण्ड द लोकल्स (जेएटीएल) ब्याण्डको साङ्गीतिक प्रस्तुति हेर्न पाइनेछ। टिकट दर रु ४०० देखि रु ५,००० सम्म निर्धारण गरिएको छ। 

हाम्रो पे मार्फत टिकट खरिद गर्दा प्रयोगकर्ताहरूले ५% क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

प्रयोगकर्ताहरूले https://tickets.hamropatro.com/events बाट पनि टिकट खरिद गर्न सक्नुहुन्छ।आयोजकहरूले आफ्ना कार्यक्रमहरूका टिकट बिक्रीका लागि हाम्रो पात्रोसँग साझेदारी गरी लाखौँ प्रयोगकर्तामा कार्यक्रम पुर्‍याउन सक्नेछन्। थप जानकारीका लागि इच्छुक आयोजकहरूले [email protected] मा इमेल गर्न सक्नुहुन्छ।
YouTube Link: https://www.youtube.com/shorts/VNNKXBzCljU



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ