arrow

पार्टीभित्र विवाद र असमझदारी नराखी अघि बढ्न कार्यकर्तालाई शर्माको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
bishwaprakash-sharma-09-17.jpg
फाइल तस्बिर

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पार्टीभित्र कुनै पनि विवाद र असमझदारी नराखी एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको निर्माणाधिन भवनको अवलोकनका क्रममा कार्यकर्तासँगको अन्तरक्रियामा उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले सोहीअनुसार पार्टी निर्माणमा लाग्न निर्देशन दिएका हुन् । 

उनले भक्तपुरमा पार्टीले गरेका गतिविधिबारे जानकारी दिएका थिए । उनले पार्टी कुनै पनि गुट र उपगुटमा नभई एक भएर आगामी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिए ।

महामन्त्री शर्मालाई कांग्रेस भक्तपुर जिल्ला सभापति एवं सासद दुर्लभ थापाले नयाँ भवन निर्माणको अवस्थाबारे जानकारी गराएका थिए भने पार्टीको भ्रातृ सङ्गठन एवं तिनीहरुको अवस्थाबारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा भक्तपुरस्थित क्याम्पसमा नेविसङ्घको सङ्गठन र आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीबारे पनि समेत छलफल भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ