arrow

टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
accident-final.jpg

नवलपुर । नवलपुरमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नं १६ का २९ वर्षीय केशव महतो छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएका चिकित्सकले तत्कालै मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कावासोती नगरपालिका वडा नं ८ खरकट्टा जङ्गलमा बिग्रिएर रोकिराखेको लु२ख ४१६६ नम्बरको टिपरमा महतो सवार ना३८प १२७५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ