कांग्रेस महामन्त्री शर्माले भ्यालेन्टाइन डेमा ल्याए ‘मन त्यसै कतै भुलेछु प्रिय’ गीत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
974
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन डेको अवसरमा ‘मन त्यसै कतै भुलेछु प्रिय’ गीत बजारमा ल्याएका छन् ।
उनले संगीत भरेको उक्त गीत भिडियोसहित युट्युबमा सार्वजनिक भएको हो । प्रमोदहरि गुरागाईंको शब्द रहेको उक्त गीत प्रमोद खरेलले गाएका हुन् ।
भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । उक्त गीतमा आकाश श्रेष्ठ र प्रियना आचार्यले अभिनय गरेका छन् ।
महामन्त्री शर्मा पहिलेदेखि नै गीत संगीतमा रुचि राख्छन् । उनको पारिवारिक माहोल पनि संगीतमय रहेको छ । उनकी पत्नी गीत गाउँछिन् भने उनका छोरा तबला बजाउँछन् ।