सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विरोधमा सडकमा नेविसंघ [फोटोफिचर]
रोजगार त दिएनौ अब बोल्न त देउ सरकार, नियमन चाहियो हो नियन्त्रण हैन
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
863
Shares
काठमाडौँ । सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विरोधमा सत्ताधारी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सडकमा निस्किएको छ ।
सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै आज काठमाडौंको माइतीघरमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
रोजगार त दिएनौ अब बोल्न त देउ सरकार, सरकार सामाजिक सञ्जाल विधेयक व्यापक परिमार्जन गर, नियमन चाहियो हो नियन्त्रण हैन लगायतका प्लेकार्ड विद्यार्थीहरुले बोकेका थिए ।