arrow

सुक्खा पहिरोका कारण खच्चा सडक चार दिनदेखि अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
dumrey-pahiro.jpg

सिमकोट (हुम्ला) । सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ । 

सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन । 

सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन् । 

यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ