arrow

भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
accident-final.jpg

सुनसरी । सुनसरीमा सोमबार सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा धनकुटा शहीदभूमि गाउँपालिका वडा नं १ का २५ वर्षीय सुमन राई छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका राईको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ ।

चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १-०२-००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको राई सवार प्रनं १-०२-०५१ प ४९९५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका-३ का २१ वर्षीय सविन साह तेलीलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ