एमालेसहित विपक्षीको शक्ति प्रदर्शनका यस्ता छन् नारा
प्रकाशित २०७३ पुष १८ सोमबार
1.3k
Shares
काठमाडौं । एमालेसहित विपक्षी ९ राजनीतिक दलले आगामी शुक्रबार राजधानीमा गर्ने जनप्रदर्शनको मूल नारा तय गरेका छन् । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा एमाले सचिव प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको मूल व्यवस्थापन उपसमिति बैठकले जनप्रदर्शनका तयारीबारे समीक्षा गर्दै नारा तय गरेको हो ।
बैठकले ‘राष्ट्रघात, विखण्डन र जनविरोधी संशोधनका विरुद्ध राष्ट्रिय एकता’’ संविधान कार्यान्वयन र निर्वाचनका लागि हाम्रो प्रतिवद्धता’’ भन्ने मूल नारा तय गरेको छ । बैठकले पार्टीका सबै संगठनहरुले यही नारालाई आधिकारीक नारा बनाएर ब्यानरहरु बनाउनसमेत निर्देशन दिएको छ ।