arrow

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
safal-sujal.jpg

पोखरा । पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट काफलगैरीका २१ वर्षीय सफल रानाभाट र पाेखरा-८ सिमलचौरका २१ वर्षीय सुजल अधिकारी हुन् ।

अधिकारी र रानाभाट सवार ग१३प ६७१९ नम्बरको डुक मोटरसाइकल पोखरा महानगरपालिका वडा नं ६ बैदामस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ