कोरिया पठाउने कामदार सम्बन्धमा भ्रममा नपर्न श्रम मन्त्रालयको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २६ शनिबार
583
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सम्झौता भएकाले अन्य विषयको भ्रममा नपर्न आग्रह गरेको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी भगिनी सम्झौता कायम गरेका स्थानीय तहहरुले यस मन्त्रालयमा सम्पर्क गर्नुैपर्ने भन्ने बेहोरोको गत मंसिर २० गते प्रकाशित झुट बेहोराको प्रेस विज्ञप्ति सामाजिक संजालमा प्रचार गरिएको भन्दै उक्त विज्ञप्तिप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले यस विषयमा मन्त्रालयबाट कुनै पनि निर्णय नभएको, मौसमी कामदारका विषयमा कुनै पनि सूचना आह्वान नभएको तथा आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटर हेड र छापको दुरुपयोग गरिएकोसमेत उल्लेख गरेको छ ।
मन्त्रालयले महाशाखा प्रमुखको नामको किर्ते हस्ताक्षर सहितको विज्ञप्ति प्रयोग गरी भ्रम फैलाइरहेको भन्दै त्यस्तो काम गर्ने व्यक्ति, समूहमाथि कारबाही गर्न सम्बन्धित निकायमा पत्राचारसमेत भएकाले उक्त भ्रमपूर्ण प्रेस विज्ञप्तिबाट सचेत र सजक रहन मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गरी अनुरोध गरेका छन् ।