arrow

धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित, रोग पत्ता लागेन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
bufallow-81-10-22.jpg

महोत्तरी । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाउँहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन् ।

स्थानीय गोपाल कार्कीका अनुसार विगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैँसी मरिसकेका छन् अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वती कार्कीको दुहुनो भैँसी एक्कासी मरेको जनाइएको छ। 

यसअघि हनुमान चोकमा अर्को किसानको भैँसीसमेत मृत अवस्थामा भेटिएको थियो । भैँसीहरुमा कुनै पनि रोगको लक्षण नै नदेखिइ धमाधम मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

 ‘बेलुका दूध दुहेर गोठमा सारेको भैँसी अर्को दिन बिहान मरिराखेको रहेछ,’ सरस्वती कार्कीले भनिन्,  ‘एक लाख १५ हजार भन्दा बढी पर्ने भैँसी गुमाउनु पर्यो ।’

भैँसीहरु किन मरे भन्ने विषयमा नगरले अनुसन्धान अगाडि बढाउन सकिरहेको छैन । यदपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराइसकेको किसानहरुले बताएका छन् ।

तर नगर पशु स्वास्थ्य शाखाले भैँसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन सक्ने अनुमान गरेको छ ।

‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खडकाले भने, ‘हामीलाई यो विषयमा किसानहरुले जानकारी गराएका थिए तर त्यस्तो माहामारी नै हो भन्ने हैन की खानामा विषादी अर्थात फुड पोइजन भएको हुन सक्छ ।’ 

वडाध्यक्ष पदम आलेमगरले पनि अहिले मरेका भैँसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुन सक्ने बताए । अहिले बर्दिवासको यो वडा नं ६ मा मात्र १५ सय भन्दा बढी भैँसी किसानहरुको गोठमा रहेको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ