arrow

केएमसीबाट जोरपाटीमा निःशुल्क स्वास्थ्य परीक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
kmc-81-10-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको जोरपाटीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

कटुम्बु कलेज तथा स्कूलको आयोजनमा स्कूलको प्राङ्गणमा भएको उक्त स्वास्थ्य शिविरमा ७ सय २३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा १२२ जनाको ल्याब परीक्षण, १३१ जनाको अल्ट्रासाउन्ड, ८९ जनाको ईसीजी गरिएको थियो । त्यस्तै १३ जनाको ईको गरियो । त्यस्तै २१ जनाको दाँत खोलिएको थियो । साथै ३७ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ