प्रदेश सरकारले यथाशीघ्र आमसञ्चार नीति ल्याउँछ : मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
523
Shares
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले यथाशीघ्र आमसञ्चार नीति ल्याउने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा उनले सञ्चार नीतिका लागि सरोकार भएकासँग छलफल भइसकेकाले पत्रकारसँग अन्तिम पटक छलफल गरेर यसलाई प्रदेशसभामा लैजाने बताए ।
मुख्यमन्त्री शाहले अहिले मन्त्रालयमा सचिव र उपसचिव नभएकाले यो प्रक्रिया अगाडि बढ्न नसकेको उल्लेख गरे ।
सञ्चारमाध्यममा आदिवासी जनजाति पत्रकारको उपस्थिति हुनु सकारात्मक पक्ष रहेको भन्दै उनले पत्रकारलाई समाज र सकारात्मक पक्षमा कलम चलाउन आग्रह गरे ।