arrow

मासुको चोक्टा घाँटीमा अड्किँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
Adharsa_Gaunpalika.png

डोटी  । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलका अनुसार बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा उनी बेहोस भएका थिए । 

घटनापछि आफन्तले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्याएुसँगै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ