arrow

जेसीबी पल्टिदा घलेको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
accident-final.jpg

पोखरा । लमजुङमा जेसीबी पल्टिँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्दी गाउँपालिका-६ ताजेगाउँका ३९ वर्षीय उमरजंग घले छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका घलेको चितवन भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोर्दी गाउँपालिका वडा नं ६ ताजेगाउँस्थित सडकमा बा२क ३२६७ नम्बरको जेसीबी पल्टिएको हो ।

जेसीबी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ