चाबहिलमा केएमसीबाट निःशुल्क स्वास्थ्य परीक्षण, पाँच सयको उपचार
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
547
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको चाबहिलमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
भीएस निकेतन स्कूलको प्राङ्गणमा स्कूलको आयोजनामा भएको शिविरमा ४७८ जनाले परीक्षण गराएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १२८ जनाको ल्याब परीक्षण, १३५ जनाको अल्ट्रासाउन्ड, ६४ जनाको ईसीजी गरिएको थियो ।
त्यस्तै २८ जनाको दाँत खोलिएको थियो । ३६ जनालाई शल्यक्रियाका लागि केएमसीमा रिफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।