arrow

ओलीले मोदीलाई दिए गणतन्त्र दिवसको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
oli-modi-pashupati-dharmasala.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल (एक्स) मार्फत प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षी मोदी र भारतीय जनतालाई आफ्नो न्यानो बधाईका साथै शुभकामना व्यक्त गरेका हुन् ।  

सन्देशमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैँ फस्टाउँदै जाने विश्वास व्यक्त गरेका छन् । साथै उनले दुई देशबीचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् भन्ने कामना गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ