काठमाडौँ । ‘सडक सुरक्षा, जीवनको रक्षा’ भन्ने नाराको साथ ललितपुर महानगरपालिकाले आयोजना गरेको साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ भएको छ ।
महानगरले आज जावलाखेल परिसरबाट साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो । सचेतना कार्यक्रमको सहकार्य प्याब्सन ललितपुर, प्रहरी परिसर जावलाखेलका साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पनि गरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले बताए ।