सीपी मैनालीको दाबी- सरकार भत्काउन बाह्य शक्ति लागेको छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
820
Shares
काठमाडौँ । नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति लागेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नेकपा एमाले र नेपाली कांग्रेस मिलेको खण्डमा ०८४ सम्मै सरकार अघि बढ्ने भए पनि बाह्य शक्ति सरकार भत्काउन लागेको बताए ।
उनले अहिलेको सरकार भत्काउनका लागि बाह्य शक्तिलाई कतिपय देशभित्रका शक्तिहरूले पनि साथ दिइरहेको बताए उनले बाह्य शक्ति, अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिले भने त नट्टला तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने भनेर लागिरहेको छ । देशभित्रका कतिपयले पनि त्यो बाह्य शक्तिको कुरामा च्याख लगाइरहेका छन् । त्यसले गर्दा यति सङ्ख्याले बहुमत नै भए पनि सरकार ढल्न कुनै आइतबार लाग्दैन । किनभने बाह्य शक्ति अहिले हाबी छ । बाह्य शक्तिहरूसँगको हाम्रो अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्ति यो अहिलेको हाम्रो देशको विरोधी शक्ति हो ।’
महासचिव मैनालीले कम्युनिस्टहरू बसेर आफूले गरेका कमी, कमजोरीहरूबारे छलफल गर्न जरुरी रहेको बताए ।