मेलम्चीले गिज्याउँदै उपत्यकालाईः कतै पाइप नै छैन कतै पानी खेर जाँदै [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
569
Shares
काठमाडौँ । २०४८ सालदेखि काठमाडौँ उपत्यकालाई मेलम्ची खानेपानीले गिज्याइरहेको छ । राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको मेलम्ची खानेपानी वितरण व्यवस्थित नहुँदा उपत्यकावासीले दुःख पाइरहेका हुन् ।
काठामडौँ महानगरकै कतिपय स्थानमा मेलम्चीको पाइपसमेत छैन भनेपानी पुग्ने कहिले हो पत्तो छैन । अर्कातर्फ ठमेल, महाबौद्ध लगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गइरहेको छ ।
खानेपानी वितरणका लागि जडान गरिएको पाइप घर घरमा जडान नहुँदा पानी खेर गएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगर्दा, हजारौँ लिटर पानी खेर गइरहेको स्थानीय बताउँछन् ।
महाबौद्ध क्षेत्रमा यसरी पानी खेर जाँदा सो क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीहरूले सास्ती भोग्नु परेको छ । पसल अगाडि पानी जम्मा हुने र सफा गरी रहनु पर्ने भएका कारण व्यापारीहरुले सास्ती भोग्नु परेको हो ।
मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पाइप नै जडान छैन भने कतै पाइप भए पनि पानीको अभाव उस्तै छ ।