arrow

कर्नाटकमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ९ बुधबार
accident-final.jpg

नयाँदिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए ।

घाइतेहरुलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा राज्यको राईचुर जिल्लामा यात्रु बोकेको गाडी पल्टिँदा करिब २० वर्षका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

दुर्घटना हुँदा गाडीमा करिब १५ जना सवार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ