प्रतिबोरा सिमेटमा अढाई सय बढेपछि संसदीय समितिले बोलायो उद्योग मन्त्रीलाई
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ९ बुधबार
2.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । एक्कासी सिमेन्टको भाउ बढेपछि संसदीय समितिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उनलाई आज समितिको बैठकमा बोलाएको हो ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिएका थिए ।
उनका अनुसार मन्त्री भण्डारी र सचिव बुधबार बिहान ११ बजे बैठकमा पुग्नेछन् ।
सिमेन्ट उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य प्रतिबोरा अढाई सय (दुई सय ५०) रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरुले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।