arrow

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
accident-final.jpg

सुनसरी । धरान उपमहानगरपालिका-११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

साेमबार दिउँसो १ बजे धरान-उपमहानगरपालिका-११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान-११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक धरान उपमहानगरपालिका-८ बस्ने ४८ वर्षका सन्तवीर श्रेष्ठलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ