arrow

अटोरिक्सा र जीप ठोक्किँदा एकको मृत्यु, तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
accident-final.jpg

झापा । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४  हापेन चोकमा आज सवारी साधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन घाइते भएका छन् । 

मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए । प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र१–०१–००१ ज ३८५१ नंको जीप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 

दुर्घटनामा जीप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् । 

उनीहरुको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ