arrow

हिन्दू धर्मको विकल्प छैन : थापा

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
kamal-thapa-1.jpg.jpeg
चौतारा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मको विकल्प नभएको बताएका छन् । 
 
सिन्धुपाल्चोकको चौतारामा शुक्रबार आयोजित पार्टी एकीकरण भेलामा अध्यक्ष थापाले नेपालीको अभिमतबिनै हिन्दू धर्म मेटाउने काम भएको विचार व्यक्त गरे। पछिल्लो राजनीति घटनाक्रमले देशलाई अस्थिरतातर्फ धकेलेको बताउँदै उहाँले सनातन धर्म र मुलुकलाई सङ्कटबाट जोगाउन आफ्नो पार्टी दृढ छ भने ।
 
सो अवसरमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन हुने प्रबल सम्भावना रहेकाले सजग रहन कार्यकर्तालाई निर्देशन दिए । 
 
वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले देशको ढुकुटीमा खर्बौ रकम भएर पनि सरकारले जनतालाई प्रत्यक्ष लाभ हुने गरी खर्च गर्न नसकेको बताउँदै ‘पार्टीभन्दा माथि उठेर काम गर्ने दलको अभावमा भ्रष्टाचार मौलाएको र सुशासन अभावका कारण’ आगामी दश वर्षमा सबैभन्दा नेपाल गरिब देश बन्ने चेतावनी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ