arrow

रुखले च्यापेर शाहीको मृत्यु, एक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ५ शनिबार
Rukum_District.png
फाइल तस्बिर

रुकुम पश्चिम । रुकुम पश्चिममा रूखले च्यापेर शुक्रबार एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिकामा वडा नं १० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाही छन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

सोही घटनामा सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी गम्भीर घाइते भएका छन् । घाइते कुसारीको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला उनीहरुले काट्दै गरेको रुख ढलेर च्यापिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ