arrow

इप्पानको २५ औँ वार्षिकोत्सव

ढुक्कले जलविद्युतमा लगानी गर्न ऊर्जा मन्त्रीको आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
deepak-khadka-10-04.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारले जलविद्युत उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । 

उनले मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढेको बताए । उनले सरकार निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने बताउँदै डर नमानी, खुट्टा नकमाई जलविद्युतमा लगानी गर्न आग्रह गरे । उनले जलविद्युत उत्पादनमा समस्याहरू रहेको सरकारलाई जानकारी रहेको भन्दै समस्याको समाधान सरकारले गर्ने बताए । उनले समृद्धि,सुशासन,रोजगारी सिर्जना गर्ने  सरकार र निजी क्षेत्रको लक्ष्य एउटै रहेको बताए ।

उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सरकारले पीपीए नरोक्ने बताए । उनले सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए नरोकिने उल्लेख गरे । उनले जलविद्युत उत्पादन क्षेत्रमा देखिएका समस्या समाधानको लागि नीतिमा सुधार गर्न तयार रहेको बताए । उनले मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्याएको भन्दै  राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्न आवश्यक नभएको बताए । उनले सरकार राम्रो कामको लागि आँखा चिम्लेर अगाडि बढ्ने उल्लेख गरे । 

उनले भने,‘ जलविद्युत उत्पादनमा समस्याहरू छन् । तर समस्याको समाधान सरकारले नै गर्ने हो । सरकार र निजी क्षेत्र मिलेर नै समस्या समाधान गर्ने हो । समृद्धि,सुशासन,रोजगारी सिर्जनाका लागि नै काम गर्ने हो । सरकार र निजी क्षेत्रको लक्ष्य एउटै हो । निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न आग्रह गर्न चाहन्छु । निजी क्षेत्रका समस्याहरू सरकारले राम्रोसँग बुझेको छ । पीपीएका कुरा आएका छन् । पीपीए रोकिँदैन । सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए रोक्नुको कारण छैन । सबै समस्याहरूको समाधान गरेर यो सरकार अगाडि जान्छ । नीतिमा सुधार गर्नुपर्छ भने सरकारले नीतिमा सुधार गर्छ । मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्यायौँ । राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्नु पर्ने कारण छैन । सरकार राम्रो कामको लागि आँखा चिम्लेर अगाडि बढ्छ । त्यसैले निजी क्षेत्रले निर्धक्क भएर लगानी गर्न आग्रह छ । विगतमा एउटा आयोजना बन्न १० वर्ष लागे पनि अब त्यस्तो समय लाग्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ