arrow

ट्रकको ठक्करबाट एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
accident-final.jpg

धनुषा । धनुषाको जनकपुरमा आज बिहान ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं ५ का ६० वर्षीय सत्यनारायण साह छन् ।

आज बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ मा बाटो काट्दै गरेका पैदलयात्री साहलाई ना६ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । 

दुर्घटना पश्चात् स्थानीयले सडक अबरुद्ध गरेका छन् । ट्रक चालक ४१ वर्षीय शिवकुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ