विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएका निकोलस भुसाल पुनः पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
1.3k
Shares
पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल) पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पुनः पक्राउ गरेको हो ।
भुसाललाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको बताइएको छ । उनीविरुद्ध विद्युतीय अपराधको मुद्दामा अनुसन्धान सकेर बिहीबार अदालत पेश गरिएकोमा अदालतले आदेश दिन समय अभाव भएको भन्दै न्यायिक हिरासतमा पठाएको हो । भुसाललाई शुक्रबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका भुसाललाई प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको बुझिएको छ ।
उनले रवि हिरासतमा सुतेको तस्बिर सार्वजनिक गरेपछि कास्की प्रहरीको चर्को आलोचना भएको थियो । उनले सीसीटीभीमार्फत तस्बिर खिचेको जनाएका थिए ।