केएमसीले रोल्पामा गर्यो १९ सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
665
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले रोल्पामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
रोल्पाको माडिचौरमा केएमसीले दुई दिने स्वास्थ्य शिविरमा निःशुल्क उपचार गरेको हो । पूर्व अर्थ तथा उर्जामन्त्री वर्षमान पुन अनन्त र पूर्व सभामुख ओनसरी घर्ती मगर तथा समृद्ध रोल्पा फाउन्डेशनको आयोजना तथा रोल्पा नगरपालिकाको सहआयोजनामा भएको स्वास्थ्य शिविरमा १८ सय ७५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १५६ जनाको ल्याब परीक्षण, १९७ जनाको अल्ट्रासाउन्ड, १३७ जनाको ईसीजी गरिएको थियो ।
त्यस्तै २३ जनाको दाँत खोलिएको थियो । १०२ जनाको ईको गरिँदा १ जनाको माइनर शल्यक्रिया गरिएको थियो ।
१३५ बिरामीलाई केएमसीमा शल्यक्रियाका लागि रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।